व्यक्तिलाई यातना दिने काम नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

व्यक्तिलाई यातना दिने काम नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं ।   राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य काम नगर्न आग्रह गरेको छ ।

यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको दिन शनिबार विज्ञप्ति जारी गरी आयोगले अपराधजन्य काम कहिँ कतैबाट पनि नगर्न, नगराउन, यातनाका घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको हो ।

आयोगले पछिल्लो समयमा व्यक्तिलाई पक्राउ गरी जानकारी लिने वा साविती गराउने नाममा जुम्ला, रौतहट, चितवनलगायतका जिल्लाहरुमा यातनाका कारण मृत्यु भएको परेका उजुरीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अनुगमनको क्रममा देशका सबैजसो कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा सरसफाइ, खानेपानीलगायतमा देखिएको भन्दै आयोगले बताएको छ । सशस्त्र द्वन्द्वको समयमा यातनाबाट हजारौं व्यक्ति पीडित भएको भन्दै आयोगले पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको लागि सरकारलाई सिफारिस गरेपनि पीडिते क्षतिपूर्ति पाएको तर दोषीलाइ कारबाही अत्यन्तै न्युनमात्र भएको उल्लेख गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);