मिक्लाजुङ हत्या काण्डमा बिप्लव नेतृत्को नेकपाको संलग्नता रहेको मानवअधिकार आयोगको ठहर | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मिक्लाजुङ हत्या काण्डमा बिप्लव नेतृत्को नेकपाको संलग्नता रहेको मानवअधिकार आयोगको ठहर

Rastriya-manab-adhikar-aayog

काठमाडौ , २४ मंसिर । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा मङ्सिर २३ गते भएको सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना खेदजनक रहेको मानवअधिकार आयोगले जनाएको छ।

आयोगको १ नं प्रदेश कार्यालय बिराटनगरले घटनाको अनुगमन गरिरहेको र सो हत्यामा विप्लव नेतृत्वको कम्युनिष्ट पाटीबाट भएको निष्कर्ष आयोगले निकालेको छ।

नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको र आफ्ना राजनैतिक विचारहरु अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने तथा असहमतिहरुलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको आयोगले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

आफ्ना विचारहरुमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोग नेपाल कम्युनिष्ट पार्टीलाई आयोगले आग्रह गरेको छ।

कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकार समक्ष आग्रह गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);