आज अन्तराष्ट्रिय मानव अधिकार दिवस, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

आज अन्तराष्ट्रिय मानव अधिकार दिवस, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडाैं, २५ मंसिर । आज १० डिसेम्बर अर्थात अन्तराष्ट्रिय मानव अधिकार दिवस । विश्वभर विविध कार्यक्रमका साथ दिवस मनाइँदै छ । सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप यो दिवस मनाउन लागिएको हो । बिश्वमा यस मानव अधिकारको घोषणापत्र नै सबैभन्दा भन्दा धेरै भाषामा अनुवादीत अनि प्रकाशित घोषणापत्र हो ।

मानवाधिकारका विषय अविभाज्य रहने तथा तिनको अन्तर्राष्ट्रिय आयाम हुने मान्यतालाई नेपाललगायत संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रले स्वीकार गरेका छन् । मानिसको जन्मदेखि मृत्यूपर्यन्तसम्म एउटा सम्मानित र समान जीवन बाँच्नकालागि चाहिने सम्पूर्ण आधारभुत आवश्यक्ताहरू मानव अधिकार भित्र पर्दछ । यसैबीच दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरुले शुभकामना संदेश दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधानद्वारा प्रत्याभूत मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट नै न्याय र समानतामा आधारित सामाजिक, आर्थिक व्यवस्था कायम भइ समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सकिने बताउनुभएको छ । साथै उहाँले मानवाधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन एवम् कार्यान्वयनलाई सुनिश्चित गर्न समाजका सबै क्षेत्र, पेसा, व्यवसाय र वर्गको योगदान आवश्यक रहेकामा जोड दिनुभएको छ ।

त्यसैगरि प्रधानमन्त्री ओलीले दिवसको अवसरमा मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनलाई सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मानव अधिकार संस्कृतिको विकास गर्दै नेपालको संविधान तथा कानूनले तोकेको दायित्व एवं नेपालद्वारा अन्तरराष्ट्रियस्तरमा व्यक्त प्रतिबद्धता पूरा गर्न संघ, प्रदेश र स्थानीय तह सबैको जिम्मेवारी किटान गरी कार्यान्वयनमा ल्याएको समेत बताउनुभएको छ ।

कोही भोकै पर्दैन र भोकले कोही मर्दैन भन्ने प्रतिबद्धता नेपाल सरकारले लिएको र श्रमको सम्मान, राष्ट्रिय अभियान, प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति महिला उत्थान कार्यक्रम, उद्यमशीलता विकास गर्न कर्जामा व्याज अनुदान, महिला उद्यमशीलता विकास कार्यक्रमलगायत कार्यक्रम मर्यादित जीवन बाँच्न पाउने हकको कार्यान्वयनका लागि ल्याइएको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);