आज अन्तराष्ट्रिय श्रमिक दिवस, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज अन्तराष्ट्रिय श्रमिक दिवस, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

sandesh

काठमाडौं, १९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो हकहित अधिकार ता स्वतन्त्रलाइ सुनिश्चित गर्नका लागि विश्वभरीका श्रमजिविहरुलाई एकताको सुत्रमा बाध्न सहयोग पुग्ने अपेक्षा लिएको बताउनु भएको छ ।

आज मे एक तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपति भण्डारीले दिनु भएको शुभकामना सन्देशमा नेपालको सविधानले संपुर्ण नागरिकहरुका लागि रोजगारीका हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षको हकलाई सुसनश्चित गरेको राष्ट्रपति भण्डारीका विज्ञप्तिमा उल्लेख छ । यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र मजदुर एकअर्काका सहयोगी भएको बताउनु भएको छ ।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई अविलम्ब राहत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ । यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिदै अहिलेको कठिन समयमा अहिले पहिलो प्राथमिकता मानव जीवनको सुरक्षा भएको बताउनु भएको छ ।

यस्तो अवस्थामा सवै एकजुट भई कोरोना भाइरसलाई परास्त गर्ने अभियानमा सरकार,निजीक्षेत्र,श्रमिक कामदार कर्मचारीहरू सहित सिंगो मुलुकनै एक ढिक्का भएर लागेको स्मरण गराउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);