रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

rolpa bomb blast

शरद रेग्मी

रोल्पा,१८ वैशाख। रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिए ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका  ७ का १४ वर्षीय लोकिराम डाँगी, ११ वर्षीया बिमला डाँगी,५ वर्षीय विजय खत्री र सोही गाउँपालिका ४ का १३ वर्षीय गौरव नेपाली रहेको रोल्पाका प्रहरि प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश प्रहरि प्रमुख रबिन्द्र बहादुर धानुकले जानकारी दिए ।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा ग्वाला गएर फर्कने क्रममा भेट्टाएको र बम विस्फोट भएको हुन सक्ने आशंका प्रहरिले गरिएको छ । घटनास्थलमा रहेको अर्को बम अबेर नेपालि सेनाले डिष्पोज गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);