किरात जातिले घर–घरमा पूजा गरेर उभौली पर्व मनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

किरात जातिले घर–घरमा पूजा गरेर उभौली पर्व मनाउने

ubhauli para

काठमाडौं, १८ वैशाख । किराँत जातिले यस पटक उभौली चाड सार्वजनिक स्थलमा पूजाआजा र नाच प्रदर्शन नगर्ने भएका छन् । कोरोना भाइरसका कारण किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले घर–घरमा पूजामात्र गरेर मनाउन संस्थागत निर्णय गरेका हुन् ।

तिथिअनुसार यो पटक वैशाख २५ गतेको उभौंली चाड परेको छ । किरात समन्वय समितिले कोरोना भाइरस तथा लकडाउनका कारण यो पटक किरात चाड उभौली सार्वजनिक स्थलमा नमनाउने र नाच पनि प्रदर्शन नगर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा सांस्कृतिक विधिअनुसार पारिवारिक रूपले घरभित्र मात्र मनाउने र साकेला थानमा पनि परिस्थितिअनुसार सम्बन्धित ठाउँको आधिकारिक सरकारी निकायको समन्वयमा पुजारी लगायत सीमित व्यक्तिको सहभागितामा उभौली पूजा गर्न, गराउन अनुरोध गरिएको छ ।

kirat- 1

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);