आज किरात समुदायको महान पर्व उभौली, जारी निषेधाज्ञाका कारण सामूहिक कार्यक्रम नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

आज किरात समुदायको महान पर्व उभौली, जारी निषेधाज्ञाका कारण सामूहिक कार्यक्रम नहुने

काठमाडौँ । प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी धुमधामसँग मनाइँदै छ ।

किरात समुदायले बाली लगाउनुअघि भूमेस्थानमा राम्रोसँग काम होस्, खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् र प्राकृतिक विपत्ति नपरोस् भनेर प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको किराँत समुदायको विश्वास छ ।

किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ।

उभौली पर्वका अवसरमा परम्परागत वेषभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ ।

बैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएका किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको छ । यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण यो वर्ष पनि उभौली चाड सार्वजनिक स्थलमा पूजाआजा र नाच प्रदर्शन नगर्ने भएका छन् । त्यसैले यस वर्ष माङखिम (पूजाघर) तथा आ–आफ्नो घरमा सामान्य पूजा मात्र गरेर मनाइने भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);