किरात समुदायको महान् पर्व 'साकेला उभौली' आजदेखि शुरू | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

किरात समुदायको महान् पर्व ‘साकेला उभौली’ आजदेखि शुरू

काठमाडौं, १७ वैशाख । किरात समुदायको महान पर्व साकेला उभौली मनाईदैछ । ‘अन्नवाली सप्रियोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समुदायले साकेल उभौली पर्व सोमबारबाट मनाउन सुरु गरेका हुन् ।

भूमी, पितृ र अन्नको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंमा रहेका किराँत समुदायले सोमबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेका छन् । यस अवसरमा साकेला नाँच पनि नाच्ने गरिन्छ ।

अन्नबाली लगाउने सिजन सुरु भएकाले त्यसलाई नष्ट नहोस भन्ने कामनाका साथ प्रकृतिलाई पूजागरी यो पर्व मनाउने गरिएको किराँत समुदायले बताएका छन् । प्रकृतिलाई पुजाआजा गरे बालीनाली सप्रने किराँत समुदायको धार्मिक विश्वास रही आएको छ ।

साकेला थानमा पितृभूमिको पुजाआजा गरेपछि साकेला गितको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाँच्न सुरु गरिन्छ । यो पर्व अन्नबाली छर्ने बेला अर्थात् बैशाख र अन्नबाली भित्र्याउने बेला मंसीर पूर्णिमामा २ पटक दुई महिनासम्म मनाउने चलन छ ।

साकेला पर्वको अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ ।

यसै अवसरका किराँत समुदायहरुले आपसमा सुःख, शान्ति र समृद्धिको कामनासहितको शुभकामना आदानप्रदान पनि गर्ने गर्दछन । साकेला पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ ।

नेपालमा राई, लिम्बु, याक्खा र सुनुवारहरु किराँत समुदायमा पर्दछन । उनीहरुले आफ्नो इतिहासलाई जोगाई राख्न पनि यो पर्वलाई भव्य रुपमा मनाउने गरिएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);