बुद्ध जयन्तीमा सुनसान स्वयम्भु (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

बुद्ध जयन्तीमा सुनसान स्वयम्भु (फोटो फिचर)

काठमाडौं । आज बुधबार २५६५ औ बुद्ध जयन्ती । कोरोना संक्रमणको जोखिमकाबीच अनौपचारिक रुपमा मनाईदै छ । नेपाल लगायत विश्वभरी रहेका बौद्धमार्गीहरुले कोरोना कहरकाबीच बुद्धजयन्ती मनाईरहेका छन् ।

काठमाडौं उपत्यकामा विगत २६ दिन देखि निरन्तर निषेधाज्ञा भएकोले स्वयम्भु, बौद्ध जस्ता क्षेत्र आज बुधबार सुनसान देखिए ।

यसअघिका बुद्धजयन्तीहरुमा बौद्धधर्माबलम्बीहरुको ठूलो भीड लाग्ने स्वयम्भु कोरोना महामारीका कारण सुनसान बन्यो । बुद्धजन्मस्थलमा भने दीप प्रज्वलन गरी बुद्धपुर्णिमा मनाउने कार्यक्रम रहेको बताईएको छ ।

हरेक बर्ष बैशाख शुक्ल पुर्णिमामा बुद्ध जयन्ती मनाउने गरिन्छ । बुद्धको जन्म , ज्ञान प्राप्ती र मृत्यु महापरिनिर्माण बेशाख शुक्ल पुर्णिमाको दिन भएको मानिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);