स्वयम्भु क्षेत्रलाई संरक्षण गरी चक्रपथ सडक विस्तार अगाडि बढ्छ : मन्त्री नेम्बाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

स्वयम्भु क्षेत्रलाई संरक्षण गरी चक्रपथ सडक विस्तार अगाडि बढ्छ : मन्त्री नेम्बाङ

काठमाडौं, २३ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले स्वयम्भु क्षेत्रलाई संरक्षण गरी चक्रपथ सडक विस्तार कार्यलाई अगाडि बढाइने बताउनुभएको छ ।

स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँग मंगलबार भेट गरी स्वयम्भु क्षेत्रलाई जोगाएर नै सडक विस्तारको कार्य गरिने बताउनुभएको हो । उहाँले सडक निर्माणको मापदण्ड, विश्व सम्पदा सूचिको प्रावधान र पुरातत्व विभागले गर्न सक्ने क्षेत्र भित्र रहेर सडक विस्तारलाई अगाडि बढाइने बताउनुभएको हो ।

हजार बुद्ध सहित बोधि चैत्यको संरक्षण गर्नुपर्छ भन्ने कुरामा सरकार दृढ हरेको पनि मन्त्री नेम्बाङ्ले स्पष्ट पार्नुभयो । भत्काउने भन्दा बनाउने ढंगले सकारात्मक रुपमा शान्तिपूर्ण तरिकाले समस्याको निराकरण गर्ने पक्षमा सरकार रहेको पनि उहाँले बताउनुभयो । प्राविधिक दृष्टिकोणबाट हेरेर सकेसम्म सबै संरचनालाई जोगाउने गरी अगाडि बढ्ने कुरामा विस्वस्त हुन आग्रह गर्नुभयो ।

छलफलमा स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका संयोजक नोर्बु शेर्पाले अहिले डिजाइन गरिएको सडक विस्तार योजना अनुसार स्वयम्भुको महत्वपूर्ण भाग बौद्धकला सहित निर्मित पर्खाल र ७५ फिट अग्लो हजार बुद्ध सहितको बोधि चैत्य रहेको क्षेत्र भत्काइनुपर्ने भएकाले विरोध गरिएको बताउनुभयो । यसबाट स्वयम्भु क्षेत्र विश्व सम्पदाको सूचिबाट समेत हटने जोखिम हुने भएकाले त्यसको संरक्षण गर्न मन्त्री नेम्बाङ समक्ष आव्हान गरिएको बताउनुभयो ।

सरकारले चक्रपथ विस्तारको दोस्रो अभियान अन्तर्गत कलंकी देखि महाराजगंज हुँदै धोवीखोला सम्मको सडक क्षेत्र विस्तार गर्दै छ । चक्रपथ विस्तार गर्दा स्वयम्भुको पछाडी पट्टि रहेको हजार बुद्ध सहितको बोधि चैत्य हटाइनुपर्ने भएपछि काठामाडौं महानगरपालिकाले त्यसको प्रक्रिया समेत अगाडि बढाइसकेको छ । त्यसैले स्वयम्भु क्षेत्रका सरोकारवालाहरुले मन्त्री नेम्बाङलाई भेटी उक्त क्षेत्रलाई जोगाई सडक निर्माण गर्नुपर्ने माग गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);