काेराेनाका कारण इलाम बजार सुनसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काेराेनाका कारण इलाम बजार सुनसान

टिका खतिवडा
इलाम, १० चैत । इलाम बजार अहिले सुनसान हुन थालेको छ । कोरोना भाइरसको संक्रमणको डरले केही दिन यता काठमाडौँ सहित देशका विभिन्न जिल्लाहरुबाट इलाम भित्रनेको संख्या बढेको थियो । तर सदरमुकाम इलामबाट पुग्नेहरु आ–आफ्ना गाउँ गएपछि इलाम बजार सुनसान भएको हो ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्य नजर गर्दै सरकारले लामा दूरीका यातायात बन्द गर्नै सूचना जारी सँगै काठमाडौं साथै बिभिन्न जिल्लाबाट इलाम भित्रनेको संख्या बढेको थियो । तर उनीहरुसंगै सदरमुकाममा विभिन्न कामका लागि रहँदै आएकाहरुपनि गाउँतिर जानेक्रम बढको कारण इलाम बजार सुनसान भएको छ ।

त्यस्तै काठमाडौंबाट इलाम आउने र सदरमुकाम छोड्नेले भने शहरमा कोरोनाका कारण बजारमा खाद्य बस्तुको अभाव, ग्यासको सहज आपुर्ती नहुने भएकाले शहर भन्दा गाउँ नै सुरक्षित हुने भन्दै शहर छोडेको बताउने गरेका छन् ।

इलाम बजारबाट गाउँका लागि छुटेका यात्रुबाहक सवारी साधनमा यात्रुको चाँप बढेको छ । सदरमुकामबाट जिल्लाका विभिन्न ग्रामीण क्षेत्र जाने सवारी साधनमा यात्रु गाउँ जाँदै गरेको देख्न सकिन्छ ।

सवारी चालकहरु पनि कोरोना भाइरसका कारण गाउँबाट सदरमुकाम आउने भन्दा पनि सदरमुकामबाट गाउँ फर्कनेको संख्या बढेको बताउँछन् ।

सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर नजान आग्रह गरेसँगै शहर तथा सदरमुकामका नागरिक गाउँतिर गइरहेका छन् । यसले गर्दा इलाम बजार सुनसान बनेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);