सुचना सार्वजनिक गर्न इलाम चोक बजारमा ठूलो टेलिभिजन सेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सुचना सार्वजनिक गर्न इलाम चोक बजारमा ठूलो टेलिभिजन सेट

इलाम, २९ कार्तिक । पर्यटन, ट्राफिक सुचना, व्यवसाय र सार्वजनिक स्वास्थ्य लगायतका सुचना सार्वजनिक गर्न इलाम चोक बजारमा ठूलो टेलिभिजन सेट (एलइडी डिस्प्ले) राखिएको छ । १६ फुट लम्बाई र १० फूट चौडाइ भएको ठूलो टेलिभिजन सेट मार्फत इलाम चोक बजारमा पर्यटन सम्बन्धि सुचना प्रवाह भइरहेको छ ।

इलाम नगरपालिकाले करिव २९ लाख खर्च गरेर राखेको टेलिभिजनले व्यापारिक विज्ञापन र सार्वजनिक सभा समारोहको प्रत्यक्ष प्रसारण समेत गर्ने जनाइएको छ । इलाम नगरपालिकाका विभिन्न सुचना, पर्यटकहरुलाई पर्यटन क्षेत्रको जानकारी दिने र सार्वजनिक स्वास्थ्य सम्बन्धि सुचना प्रवाह गर्नकालागि एलईडी डिस्प्ले जडान गरिएको नगरपालिकाले जनाएको छ ।

एलईडी सेटको कन्ट्रोल इलाम नगर कार्यपालिका कार्यालय र गौतम बुद्ध सभा गृहबाट गर्न सकिने छ । इलाम चोक बजार, सभा गृह र नगरमा भएका गतिविधिको प्रत्यक्ष प्रसारण र विज्ञापन मार्फत मुनाफा आर्जन गर्ने नगरको योजना गरेको छ ।

आधुनिक डिस्प्ले जडान गरेर खर्च बाहेक बार्षिक दुइ लाख आम्दानी लिने योजना रहेको बताइएको छ । एल इ डी डिस्प्ले जडानले पर्यटकीय क्षेत्रबारे जानकारी लिन दिन सहज भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);