सौन्दर्य बढाउन विभिन्न स्थानमा राष्ट्रिय विभूतिको मूर्ति स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सौन्दर्य बढाउन विभिन्न स्थानमा राष्ट्रिय विभूतिको मूर्ति स्थापना

इलाम,७ मंसिर। इलाम नगरको सौन्दर्य बढाउन विविन्न स्थानमा राष्ट्रिय विभूतिको मूर्ति स्थापना इलाम नगरपालिकाले कला र संस्कृतिको प्रवद्र्धनकालागि विभिन्न राष्ट्रिय विभुति र अन्य चर्चित व्यक्तित्वको मुर्ति स्थापना गरेको छ । यसबाट इलामको सौन्दर्य बढाउन समेत सहयोग हुने विश्वाससंगै नगरपालिकाले विभिन्न चोकमा मुर्तिहरु स्थापना गरेको हो ।

कला र संस्कृतिको गजेर्ना गर्दै अरुलाई पनि प्रेरणा मिलोस भन्ने उद्देश्यले इलाम बजारका विभिन्न स्थानमा मुर्ति र प्रतिमा स्थापना गरिएको छ । नगरको सौन्दर्यीकरणकालागि देशका ख्याति प्राप्त व्यक्तित्वहरुको शालीक स्थापनामा जोड दिइएको ईलाम नगरपालिकाले जनाएको छ ।

इलाम बजारमा अढाई सय कीलोको चिया टिप्तै गरेकी मजदुरको मुर्ति समेत स्थापना गरिएको छ । तामा र पीत्तलको समिश्रणबाट इलामका चर्चित मुर्तिकार विष्णु श्रेष्ठले मुर्ति बनाउनु भएको हो । इलाममा चिया बगान स्थापना गर्ने गजराज सिंह थापा र शंखधर साँख्वाको मुर्ति समेत उहाँले नै बनाउनु भएको छ ।

नगरले पुरानो इलाम दरबारमा स्थापना गरिएको अरनिको संग्रहालयमा अरनिको शालिक राखेको छ । यहाँ संस्कृति झल्काउने पञ्चेबाजा बजाएको मुर्ति समेत राखिएका छन् । चर्चित साहित्यकार पारिजात, हास्य व्यंग्यकार विष्णु नविन, महानन्द सापकोटाको शालिक भिन्न भिन्न स्थानमा स्थापना गरिएको छ । मुर्ति स्थापना कार्यले ऐतिहासीक संस्मरण र विभिन्न व्यक्तित्वको सम्झना मात्र नभई पर्यटन, कला संस्कृतिको विकासमा समेत टेवा पुग्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);