कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८३, आइतबार

कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना

काठमाडौँ ।

विश्व वातावरण दिवसको अवसर पारेर टर्किएले इस्तानबुलमा एक अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको शुभारम्भ गरेको छ । यस मञ्चमार्फत टर्किएले यसै वर्षको अन्त्यमा आफूले आयोजना गर्न लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) को कार्ययोजना र तयारीलाई प्राथमिकताका साथ प्रश्तुत गरेको छ । जिरो वेस्ट फाउन्डेसन नामक टर्किएली गैरसरकारी संस्थाद्वारा आयोजित ग्लोवल जिरो वेस्ट फोरममा १८० भन्दा बढी देशका सरकारी अधिकारी तथा मेयरहरूसहित ७ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । एन्टाल्याको यात्राः जलवायु कार्यका रूपमा शून्य फोहोर भन्ने मूल नाराका साथ सञ्चालित यस तीन दिने मञ्चको मुख्य उद्देश्य कोप-३१ शिखर सम्मेलनअघि अन्तर्राष्ट्रिय सहयोगलाई थप सुदृढ बनाउनु रहेको छ । आयोजककाअनुसार यस कार्यक्रमले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण, प्राकृतिक स्रोतको संरक्षण र दिगो विकासलाई तिब्रता दिन शुन्य फोहोर पद्धतिको अवलम्बनमा विशेष जोड दिएको छ ।
जिरो वेस्ट फाउन्डेसनका अध्यक्ष एवं कोप–३१ का उच्चस्तरीय जलवायु च्याम्पियन सामद अगिर्बासले यस कार्यक्रमले कोप–३१ को प्रक्रियामा ठोस योगदान पु¥याउने र भविष्यका लागि प्रभावकारी कार्यान्वयन मोडेलहरू विकास गर्न मद्दत पुग्ने बताउनु भयो ।
टर्किएले आगामी नोभेम्बर ९ देखि २० सम्म आफ्नो पर्यटकीय सहर एन्टाल्यामा कोप-३१ शिखर सम्मेलनको आयोजना र अध्यक्षता गर्दैछ । उक्त उच्चस्तरीय सम्मेलनमा विश्वका करिब २०० देशका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

Leave a Reply