कृषकहरु परम्परागत खेतिबाट व्यवयायिक केरा खेतितर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कृषकहरु परम्परागत खेतिबाट व्यवयायिक केरा खेतितर्फ आकर्षित

पाल्पा,७ मंसिर। पाल्पाको रामपुर नगरका कृषकहरु परम्परागत खेतिबाट व्यवयायिक केरा खेति तर्फ आकर्षित भएका छन् । व्यवसायीक केरा खेतिबाट राम्रो आम्दानी हुने देखेपछि स्थानीय सरकारको सहयोग र समन्वयमा कृषकहरुले व्यवसायिक केरा खेति गरि राम्रो आम्दानी गर्न पाल्पाको रामपुर नगरको आर्थिक तथा प्राविधिक सहयोगमा एक गाउँ एक उत्पादन कार्यक्रम लागु भएपछि केरा खेतीमा कृषकहरुको आर्कषण बढेको छ ।

अन्य वालीको तुलनामा कम लगानीमा आम्दानी बढी, उत्पादित बस्तुको बजार सहज भएकाले किसानको आकर्षण बढेको हो । नगरको एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत कम समयमा बढि उत्पादन लिन सकिने जि नाइन जातको बिरुवा प्रयोग गरी जिल्ला मै पहिलो पटक व्यवसायिक केरा खेतिको सुरुवात भएको छ ।

स्थानीय बिरुवाको प्रयोग गरी घरायसी प्रयोजनकोलागि मात्र केरा खेति गरेका कृषकहरुले पछिल्लो समय उन्नत जातको बिरुवाको प्रयोग गरी मुख्य नगदे वालीको रुपमा केरा खेति गर्न थालेकका छन् । कम सिंचाइ भएको जमिनमा समेत खेति गर्न सकिने भएकाले आयातित केरा प्रतिस्थापन गर्ने उद्देश्यले २० जना भन्दा बढि कृषकहरुले व्यवसायिक केरा खेतिको थालनी गरेका हुन् ।

२ सय रोपनी भन्दा बढि क्षेत्रफलमा गरिएको केरा स्थानीय बजारमा खपत हुदै आएको छ।एक बोटमा १५ देखि २० दर्जन सम्म उत्पादन लिन सफल कृषकहरुले प्रति दर्जन ४० देखि ५० रुपैंयामा बिक्री गर्न पाउदा दगं परेका छन् । अन्य वालीको तुलनामा केराको उन्नत जातको बिरुवा प्रयोग गरी व्यवसायिक खेति गर्दा आम्दानी राम्रो भएको किसानको अनुभव छ ।

बहु उपयोगी फलका रुपमा प्रयोग हुने केरा खेति गरेका कृषकहरुले केराको बोट समेत उपयोग गरी कृषकहरुको जीवन स्तरमा परिवर्तन ल्याउने गरी नगरपालिकाले कार्ययोजना छ । स्थानीय सरकारको समन्वय र सहयोगमा पकेट क्षेत्र स्थापना गरी व्यवसायिक केरा खेति थालनी गरेपछि चित्त बुझ्दो आम्दानी भएको कृषकको भनाइ छ ।

जिल्ला मै पहिलो पटक केराको व्यवसायिक खेतिको थालनी भएको रामपुर नगरपालीकाले बताएको छ । आगामि दिनमा खेर जाने केराको बोटलाई उपयोग गरि आय आर्जनको माध्यम बनाउदै विभिन्न खाद्य पदार्थको निर्माणकालागि स्थानीय सरकारले सहयोग गर्ने नगरपालीकाले जनाएको छ ।

केरा खेति आयआर्जनको उचित र भरपर्दाे माध्यम भएको र स्थानीय तहमै रोजगारीको ढोका खुल्न सक्ने संभावना छ । यका लागि तिनै तहका सरकारको सहयोग आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);