कञ्चनपुरका महिलाहरु व्यावसायिक केरा खेतिमा आर्कषित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कञ्चनपुरका महिलाहरु व्यावसायिक केरा खेतिमा आर्कषित

kera kheti

कञ्चनपुर,१२ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीका महिलाहरु व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन । पहिले धान र गहुँ खेतीबाट परिवार पाल्न हम्मेहम्मे परे पनि हाल व्यावसायिक केराखेती सुरु गरे देखि खान लाउन मात्र नभई आर्थिक रुपमै महिलाहरु सक्षम भएका छन ।

कञ्चनपुरको कुल खेति योग्य जमिनको केहि भागमा अहिले केरा खेति गरिएको छ । अहिलेको समयमा कञ्चनपुरको कुल उत्पादनयोग्य जमिनको २ सय ५० देखि ३ सय हेक्टर क्षेत्रफलमा केरा खेति गरिएको छ । भीमदत्त नगरपालिका तिलकेनीमा मात्रै १ सय ७० भन्दा बढि महिला कृषकहरु व्यावसायिक केरा खेती तर्फ लागेका छन । धान गहुँ खेतीभन्दा केराखेतीबाट राम्रो आम्दानी हुने भएकाले महिलाहरु केराखेतीतर्फ आर्कषित भएका हुन । बिगत १० वर्ष देखीे १ बिगहा जमिनमा केरा खेति गर्दै आईरहेकी देवकी बमले केराखेतिबाट मनग्य आम्दानी भएको र उक्त आम्दानीले पक्की घरसमेत बनाएकी छन । पानीको ट्युबेल जोडेको, घरखर्च र छोरा छोरीको पठनपाठन गर्नसमेत सहज भएको र एक बर्षमा तीन लाख सम्म केरा खेतीबाट बचत गर्ने गरेको उनको भनाई छ । बमको बारीबाट केराको बेर्ना खरिद गर्न जिल्लाका अन्य स्थानबाटसमेत मानिसहरु आउने गरेका छन ।

केराखेतिको आम्दानीबाट घर बनाइ छोराछोरी लाई राम्रो शिक्षा दिएको र बार्षिक रुपमा करिब दुई लाखको बचत हुने बताउछिन अर्की महिला कृषक शुशिला बम् । कृषक
आफनो बारीको केराले राम्रो बजार नपाएको र जिल्ला कृषि कार्यालयबाट कुनै प्रकारको आर्थिक सहयोग नपाएको कृषक शुशिलाको गुनासो छ । अन्य कृषि पेशामाझै केराखेतिमा पनि बिभिन्न प्रकारका चुनौतिहरुको सामना यहाँका कृषकहरुले भोगीरहेका छन् । भनेको बेलामा मल खाद नपाएर यो क्षेत्रमा सिँचाईको पुर्ण ब्यवस्था नभएकाले केराखेती भने जस्तो राम्रो हुन नसकेको र सोचेजस्तो आम्दानी हुन सकेको छैन । उता, जिल्ला कृषि कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख यज्ञराज जोशीले आफनो कार्यालयबाट केराखेति गर्ने कृषकहरुलाई पुर्ण रुपले सहयोग गरेको बताउछन् । मानब स्वास्थ का लागी भएपनि घरमा फलफुल खेती गनु पर्नेमा सबै कृषकहरुले जोड दिनुपर्ने बताउछन प्रमुख जोशी ।
प्रमुख, जिल्ला कृषि कार्यालय कञ्चनपुर
जिल्ला भरि नै अहिले व्यावसायिक केराखेति गर्ने क्रम वार्षिक रुपमा ४० देखि ५० हेक्टर क्षेत्रफलले वृद्वि भईरहेको छ । जिल्लाका अन्य क्षेत्र बाणी, बेलौरी,बेल्डाडी,पुर्नबास,झलारी,गुलरीयामा समेत कृषकहरु केरा खेतीतर्फ आर्कषित भएका छन । कञ्चनपुरबाट सहकर्मी पुष्कर भट्टको रिपोर्ट ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);