प्रदेस नं २ को राजधानी वीरगंज कि जनकपुर ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रदेस नं २ को राजधानी वीरगंज कि जनकपुर ?

birjunj

सत्यराज घिमिरे पुस १२ ,वीरगंज ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिएसँगै केन्द्रमा नयाँ सरकार गठनको कसरत चलिरहँदा तराई मधेशलाई चिसोले च्यापीरहेको छ । चिसोकै विच यहाँका स्थानिय भने प्रदेशको प्रादेशीक राजधानी आफ्नै अनुकुल स्थानमा हुनुपर्छ भन्दै आन्दोलन र अन्तक्र्रिया मार्फत चिसो माहौललाई तताईरहेका छन् । प्रदेश नम्बर दुईको राजधानी वीरगंज कि जनकपुर भन्नेमा बहस अझ बढि केन्द्रीत भएको छ । जसमा विचमा पर्ने अन्य जिल्लाले मौनता साँधेको पाईएको छ भने छिटफुट रुपमा वीरगंज र जनकपुर दुवैको लागि प्रतिक्रिया समेत आईरहेका छन् । वीरगंजलाई राजधानी घोषणा नगरिए निर्णायक आन्दोलन गर्ने बताउँछन् आन्दोलनमा सहभागि हुँदै आएका युवा अकलेश साह

त्यसो त वीरगंजले राजधानीको लागि आन्दोलन गरेसँगै जनकपुरमा समेत राजधानिको माग गर्दै अन्तक्र्रिया र आन्दोलन दुवै शुरु भएको छ । मधेश आन्दोलनको ईपिसेन्टर मानिने वीरगंजमा मधेश मुक्तिको लागि भन्दै ६ महिने नाकाबन्दि सहित लामो आन्दोलन चल्दा यहाँ आएका सवै मधेशी दलका शिर्ष नेताले वीरगंजलाई राजधानि बनाउने प्रतिबद्धता जनाएकोमा अहिले बयान फेर्दा जनतामा आक्रोश बढेको बताउनुहुन्छ प्राध्यापक डाक्टर दिपक शाक्य ।

सामाजिक सञ्जाल मार्फत व्यक्त भईरहेका विचारहरुलाई हेर्ने हो भने राजधानिको लागि आर्थिक सम्पन्नता, भौलिक उपयुक्तता र भौतिक संरचनालाई आधार बनाएर बहस पेचीलो बन्दै गईरहेको छ । जनकपुर विच भागमा पर्ने भएकाले त्यहाँ राखिनु पर्छ वा त्यहाँका नेता बलिया छन् त्यसैले उतै राजधानी बन्छ भन्ने जस्ता तर्क गलत हुने बताउनुहुन्छ नेपाल बार एसोशियसन पर्सा शाखा सचिव हरेराम सर्राफ ।

वीरगंज आर्थिक हिसाबले सम्पन्न, राजश्वको संकलनको प्रमुख केन्द्र र भौतिक सुविधाको हिसाबले पनी सक्षम रहेकोले वीरगंजलाई नै प्रदेश नम्बर दुईको राजधानी बनाउनुपर्छ भन्नुहुन्छ स्थानिय शिक्षक सागिर अंसारी ।

समग्रमा जनकपुर कि वीरगंज भन्दा मानिसहरु सम्भावनाका शर्तहरुलाई औंलामा गनिरहेका छन् । वीरगंज आर्थिक राजधानी, वीरगंज पथलैया औधोगिक करीडोर, रक्सौल अमलेषगञ्ज पेट्रोलियम पाईपलाईन, प्रमुख भन्सार नाका, सुख्खा बन्दरगाह, आईसीपी, निजगढ काठमाण्डौ फास्ट ट्रयाक र निजगढ अन्तराष्ट्रिय विमानस्थलबाट नजिक, पर्यटनका लागि पर्सा राष्ट्रिय निकुञ्ज, शिक्षा, रोजगारी लगाएत दुई नम्बर प्रदेशको एक मात्र महानगर भएकाले पनि वीरगंजलाई राजधानि बनाउनुपर्ने माग चर्को रुपमा उठिरहेको छ । जनकपुरको सन्र्दमा उल्लेखीत छुट छैन । जनकपुरले भौगोलिक रुपमा बिचमा पर्ने र धार्मिक नगरीको रुपमा मात्रै दावि गर्दै आईरहेको छ जुन राजधानीको लागि पर्याप्त देखिँदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);