सार्वजनिक स्थानमा फोहोर फाल्नेहरु अब प्रहरीको फन्दामा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सार्वजनिक स्थानमा फोहोर फाल्नेहरु अब प्रहरीको फन्दामा !

kathamandu fohor

काठमाडौं, १२ पुस, । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई समात्न नेपाल प्रहरीको सहयोग मागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई महानगरपालिकाकाको वातावारण विभागले फोहोर फाल्नेलाई प्रहरीमार्फत पक्रिएर कारवाही गर्न प्रस्ताव गरेको हो ।

विभागका प्रमुख हरिबहादुर कुँवरले प्रमुख जिल्ला अधिकारीलाई फोहोर फाल्नेलाई कानुनबमोजिम कारवाही गर्न सहयोगका लागि आग्रह गरेको बताए ।

‘सिडिओ साहब हाम्रो प्रस्तावमा सहमत हुनुभएको छ । अब ड्युटीमा रहेका प्रहरीले पनि हामीलाई फोहोरमैला नियन्त्रणमा सहयोग गर्नुहुनेछ, कुँवरले भने ।

फोहोरमैला व्यवस्थापन ऐनले जथाभावी फोहोरमैला गर्नेलाई नियन्त्रणमा लिन प्रहरीको सहयोग लिन सक्ने व्यवस्था गरेको छ । अब सार्वजनिक रुपमा फोहोर फाल्दै गरेकाहरुलाई ड्युटीमा रहेका प्रहरीले पनि पक्राउ गर्ने कुँवरले बताए ।

‘प्रहरी २४ घण्टा नै सार्वजनिक स्थानमा खटिएको हुन्छ । हामीले मात्रै नियनत्रण्का लागि गरेको प्रयास सफल भएन, कुँवरले भने,’अब प्रहरीको सहयोग लिएर जथाभावी फोहोर फाल्नेलाई हामी कारवाही गर्छौं ।

फोहोरमैला व्यवस्थापन ऐनले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । प्रहरीले पनि अनुसन्धानका लागि २४ घण्टा हिरासतमा राख्न सक्ने कुँवरले बताए ।

काठमाडौंमा नदीनाला, सडक, विभिन्न सार्वजनिक स्थानहरुमा फोहोर फाल्ने प्रवृत्ति बढ्दो छ । त्यसले राजधानीमा बस्ने नागरिकको सभ्यतामाथि पनि प्रश्न उठ्ने गरेको छ भने नगर क्षेत्र प्रदुषित हुँदा स्वास्थ्य समस्या पनि बढिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);