काठमाडौं महानगरपालिका र सिसडोलबासीबीच सात बुँदे सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं महानगरपालिका र सिसडोलबासीबीच सात बुँदे सहमति

काठमाडौं, २० चैत । काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइट सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि उपत्यकाको फोहोर शुक्रबारदेखि उठने भएको छ ।

नुवाकोट ककनी गाउँपालिका सिसडोल क्षेत्रका स्थानीय बासिन्दाले फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति बनाई विभिन्न माग राख्दै चैत्र १३ गते देखि फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए ।

शुक्रबार काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका आन्दोलनरत स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएपछि भने फोहोर बिसर्जनमा गरिएको अवरोध हटेको छ ।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले सिसडोलबासीले राखेको शिक्षा र स्वास्थ्य सम्बन्धी मागहरु महानगरपालिकाले पुरा गर्ने सहमति भएको बताए । यस्तै रोजगारी, विकास निर्माण लगायतका मागहरु सम्बन्धमा पनि काठमाडौं महानगरपालिकाले बजेट उपलब्ध गराउने सहमति भएको पनि उनले बताए ।

ककनी गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुका लागि ४६ जना र धुनिबेसी नगरपालिकाका लागि ५ जना तहगत र विषयगत दरबन्दीमा सम्बन्धित गाउँपालिका र नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने र शिक्षक नियुक्ति भएपछि सो बापतको पारिश्रमिक नेपाल सरकारले तोकेको स्केल बमोजिमको रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ ।

करार सेवामा नियुक्त हुने शिक्षकहरुको दरबन्दीमा स्थायी शिक्षक नियुक्त भएपश्चात काठमाडौं महानगरपालिकाले शिक्षक पारिश्रमिक वापत उपलब्ध गराउने रकम स्थगन गर्ने सहमति पनि भएको छ ।

यस्तै स्वास्थ्य उपचारको दिगो व्यवस्थापनका लागि उपयुक्त योजना सम्बन्धमा बृहत्तर छलफल गरी आपसी छलफलबाट १० दिन भित्रमा निष्कर्षमा पुग्ने सहमति पनि भएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोरमैला बिसर्जन शुरु भएपछि हालको सिसडोल ल्याण्डफिल्ड साइटको पोष्ट क्लोजरको कार्य प्राविधिक सिफारिस बमोजिम काठमाडौं महानगरपालिकाले तत्काल शुरु गर्ने सहमति पनि भएको छ ।

यस्तै फोहोरमैला अतिप्रभावित र प्रभावित क्षेत्रका वडाहरुलाई प्राथमिकताका आधारमा भौतिक पूर्वाधार विकास र अन्य विकासका लागि धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकालाई आर्थिक वर्ष २०७८-०७९ देखि वार्षिक बजेट नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले एकमुष्ठ तीनतीन करोड रुपैयाँ विनियोजन गर्ने सहमति पनि भएको छ ।

फोहोरमैला प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाहरुको स्वास्थ्य सेवा सहजताको लागि सहयोग गर्ने क्रममा धुनीवेशी नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एक थान एम्बुलेन्स खरिद गरी उपलब्ध गराउने भएको छ ।

उपत्यकाको फोहोर व्यवस्थापनमा भएको आवरोध हटाई आजैका मितिबाट फोहोर व्यवस्थापन सूचारु गर्ने सहमति पनि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);