पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको, प्रधानमन्त्री देउवालाई आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, पुस १२ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको आरोप लगाउनु भएको छ ।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न पनि दवाव दिनु भयो । बुधबार काठमाडांैबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा हार व्यहोर्दा समेत प्रधानमन्त्री देउवाले पदबाट राजीनामा नदिएकोमा आपत्ति समेत जनाउनु भयो । नेता नेपालले सरकार गठनका विषयमा बाम गठबन्धन भित्र विवाद नरहेको दावी समेत गर्नु भयो । उहाँले झण्डै २ तिहाई बहुमत ल्याएको बाम गठबन्धन नयाँ सरकार बनाउन आतुर रहेको पनि स्पष्ट पार्नु भयो ।

वरिष्ठ नेता नेपालले सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकतासँगसँगै अघि बढने पनि स्पष्ट पार्नु भयो । उहाँले दुवै दलका शिर्ष नेताहरुबीच छलफल गरी पार्टीको वैचारिक र संगठनात्मक संरचनाको विषय टुंगो लगाइने पनि बताउनु भयो । वरिष्ठ नेता नेपालले पार्टी एकताका विषयमा दुई दलका नेताहरुबीच छलफल भईरहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);