पाल्पाका कृषक व्यवसायिक आलु खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाल्पाका कृषक व्यवसायिक आलु खेतीतर्फ आकर्षित

alu kheti

पाल्पा, १५ माघ । परम्परागत निर्वाहमुखी खेती गर्दै आएका पाल्पाको रामपुर नगरपालिकाका कृषकहरु अहिले उन्नत जातको वीउ प्रयोग गरेर व्यवसायिक आलु खेती तर्फ आकर्षित भएका छन् । स्थानीय सरकारले व्यवसायिक कृषिलाई जोड दिँदै आर्थिक र प्राविधिक सहयोग गरेपछि किसानहरु व्यवसायिक आलु खेतीमा लागेका हुन् ।

पाल्पाको रामपुर नगरपालिकाले व्यवसायिक कृषिमा जोड दिएर किसानलाई आर्थिक तथा प्राविधिक सहयोग पु¥याएपछि कृषकहरु आलुको व्यवसायिक खेती तर्फ आकर्षित भएका छन् ।स्थानिय जातको बीउ प्रयोग गरेर निर्वाहमुखि आलु खेती गर्दे आएका किसानहरु यति खेर भने उन्न्तजातको बिउ प्रयोग गरेर ब्यवासायिक आलु खेतीमा लागेका हुन् ।

नगरपालिकाले वडानम्बर ६ लाई आलु उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरेको छ ।स्थानीय सरकारले जनकदेव जातको वीउमा अनुदान उपलब्ध गराएपछि आफूहरु आलुखेती तर्फ आकर्षित भएको कृषकको भनाई छ ।
alu kheti1
व्यासायिक रुपमा आलु खेती गर्ने कृषकहरुले आफ्नो ब्यक्तिगत खेतीबारीमा मात्र नभई अरुको जमिन भाडामा लिएर समुह मार्फत समेत आलु उब्जाउन थालेका छन । स्थानीय सरकारले उत्पादनमा मात्र नभई बजारीकरण र भण्डारणमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । रामपुर नगरपालिकाले ६८ जना किसान र १० वटा समुहलाई १ सय ३८ बोरा उन्नतजातको बीउ निशुल्क रुपमा वितरण गरेको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकाका सबै वडाबाट गरी यस बर्ष २ हजार ५ सय मेट्रीक टन आलु उत्पादन हुने कृषि प्राविधिक रामहरी पाण्डे बताउनुहुन्छ ।

नगरपालिकाले ब्यवासयिक कृषि कार्यक्रम अन्र्तगत एक वडा एक उत्पादन भन्ने नारा अघि सारेको छ । यस्ता कार्यक्रम देशैभर संचालन भएमा आलु उत्पादनमा आत्मनिर्भर बन्न सकिने किसानको भनाई छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);