पर्यटन प्रवर्द्धनका लागि एकैपटक चार कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पर्यटन प्रवर्द्धनका लागि एकैपटक चार कार्यक्रम

काठमाडौं, १४ माघ । नेपाल पर्वतारोहण संघले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी एकैपटक चारवटा कार्यक्रम गर्ने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी पर्यटन वर्ष २०२० को प्रचार प्रसार र नेपालका पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धनका लागि एकैपटक चारवटा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

कार्यक्रम अन्तर्गत आगामी फेब्रुअरी १ देखि १० तारिखसम्म मनाङमा ‘दोस्रो आइस क्लाम्बिङ फेस्टिभल, फेब्रुेअरी १ र २ मा पासाङ ल्हामु स्पोर्टस क्लाम्बिङ सेन्टरमा ‘सातौं पार्क योङ्ग सिओक वाल क्लाम्बिङ कम्पिटिसन’, फुब्रुेअरी ३ देखि ५ सम्म पोखरामा ‘तेस्रो विश्व शान्ती पुजा’ र फेब्रुअरी ५ मा ‘सत्रौं अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयको वार्षिकोत्सव’ आयोजना गर्न लागिएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० सचिवालयका उपसचिव राजन पौडेलले पर्यटन वर्षको लक्ष्य पुरा गर्न सचिवालयले नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्न तयार रहको बताउनुभयो । ती चारबटै कार्यक्रममा विभिन्न देशका पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);