पाल्पाका युवा व्यवसायिक आलुखेतीतर्फ आकर्षित (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पाल्पाका युवा व्यवसायिक आलुखेतीतर्फ आकर्षित (भिडियोसहित)

पाल्पा, २५ मंसिर । कोरोना महामारीका कारण स्वदेश फर्किएका पाल्पाका युवाहरुले आलु खेतीको सुुरुआत गरेका छन् । वैदेशिक रोजगारी रहेका यी युवाहरुले स्थानीय सरकारको सहयोगमा सामुहिक आलु खेती गरेका हुन् ।

रामपुर नगरको सहयोगमा २० जना युवाहरुको संयुक्त लगानी र प्रयासमा झण्डै १ सय रोपनी क्षेत्रफलमा युवाहरुले आलु खेती गर्न थालेका हुन् । यसअघि रामपुर क्षेत्रमा मात्र अन्यत्रबाट करिब ७ करोड रुपैयाको आलु आयात गरी खपत हुने गरेको थियो ।

रामपुरमा हुने आलु आयात प्रतिस्थापन हुने गरी काम अघि बढेको छ । यसका लागि कम क्षेत्रफलमा बढी उत्पादन लिन सकिने जनकदेव विऊ र उत्पादन लागत कम गर्न मेशिनको प्रयोगमा स्थानीय सरकार, कृषि ज्ञान केन्द्रले सहयोग समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);