आलुखेतीबाट राम्रो आम्दानी भएपछि कृषक हर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आलुखेतीबाट राम्रो आम्दानी भएपछि कृषक हर्षित

डडेल्धुरा, १४ फागुन । डडेल्धुराको परशुराम नगरपालिका कटाल ४ मा आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरु हर्षित भएका छन् । आलुजोन डडेल्धुराको सहयोगमा कटाल–४ का कृषकहरुले एकै सिजनमा १ देखि २ लाखसम्म आम्दनी गर्न थालेपछि कृषकहरु हर्षित भएका हुन् ।

पस्तौँदेखि गर्दै आएको परम्परागत गहुँ र धान खेतीलाई छोडेर डडेल्धुराका कृषकहरु व्यवसायिक रुपमा आलु खेतीमा व्यस्त छन् । आर्थिक, प्राविधिक तथा यन्त्र उपकरणमा आलु सुपर जोनले सहयोग गरेपछि किसानहरुलाई आलु खेती गर्ने हौसला बढेको हो ।

डडेल्धुराको परशुराम नगरपालिका कृषकहरु आलुखेतीबाट राम्रो आम्दानी भएपछि हर्षित छन् । गहुँ खेती गर्ने यो समयमा किसानहरुले अहिले आलुखेती गरेर १ सिजनमा १ लाखदेखि २ लाखसम्म अम्दानी गर्न सफल भएका छन् ।

अहिले आलु सुपर जोन डडेल्धुरको सहयोगमा कृषकहरुले थोरै लगानीबाट धेरै उत्पादन पाएका छन् । किसानहरुले दुई क्वीन्टल आलु लगाएर २५/३० क्विन्टल सम्म आलु उत्पादन गरेका छन् । उत्पादित आलु सुपरजोनले नै खरिद गर्ने भएकाले बजारको पनि कुनै समस्या नभएको कृषकहरु बताउँछन् ।

आलु सुपरजोन डडेल्धुराले जिल्लाभर ४ हेक्टर जमीनमा आलुखेती गराउने लक्ष्य लिएको छ । तर अहिले डडेल्धुरामा ६५ हेक्टर क्षेत्रफलमा आलुखेती भईरहेको छ । यस बर्ष आलु खेतीमा हात पारेको सफलाताका कारण अर्काे बर्ष १ सय ५० हेक्टर भन्दा बढी क्षेत्रफलमा आलु खेती गर्ने योजना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको परियोजना कार्यान्वयन इकाई आलु सुपरजोन डडेल्धुराले जनाएको छ ।

स्थानीय सरकारसहित तीनै तहको सहयोगले परम्परागत खेतीमा सीमित भएका किसानहले अहिले आलुखेतीको सुरुवात गरेका छन् । गन्यापुरा गाउँपालिकाको जर्मना, रुवाखोला, भात्काँडा, अमरगढी नगरपालिकाको तडिबटा, फिन्नेकोट, पोखरा, सल्लागाउँलगायका क्षेत्रमा स्थानीय किसानहरुले अर्गानिक आलु खेती गर्दै आएका छन् । डडेल्धुरा जिल्लामै अहिले बिउ आलु समेत कृषकले उत्पादन गर्ने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);