डडेल्धुराका किसानहरु व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डडेल्धुराका किसानहरु व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित

maxresdefault

काठमाडौं,१९ पुष । तरकारी उत्पादनका लागि प्रदेश नं ७ कै प्रख्यात जिल्ला मानिने डडेल्धुराका किसानहरु व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । तरकारी उत्पादन राम्रो हुने भएपछि पछिल्लो समय यहाँका किसानहरु परम्परागत र निर्वाहमुखि खेति छाडेर व्यावसायिक तरकारी खेतितर्फ आकर्षित भएका हुन ।

डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं ४ एैडुङ्गराका अगुवा किसानहरु तरकारी खेतिबाट मनग्य आम्दानी गर्दै आईरहेका छन् । तरकारी खेतिका लागि पकेट क्षेत्र मानिने ऐडुङगराका किसानहरु व्यावसायिक तरकारी खेतिबाटै मनग्य आन्दानी हुन थालेपछि यसतर्फ आकिर्षत भएका हुन । आफुहरुले गर्दै आईरहेको तरकारी खेतीबाट आर्थिक उर्पाजनमा टेवा पुगिरहेको किसानहरुको भनाई छ ।

तरकारी खेतीले राम्रो खान, लाउन, छोराछोरीलाई पढाउनका साथै बचत समेत हुने गरेको किसान बताउछन् । गहुँ, धान,कोदो र मकैखेती गरी परिवारका सबै सदस्यलाई साँझ–बिहानको छाक टार्नसमेत समस्या झेल्दै आएका किसानहरुले परम्परागत खेति छाडेर तरकारी खेति गर्न थालेपछि राम्रो आम्दानी गर्न सफल भएका हुन ।

किसानहरुले अहिले गोलभेला, आलु, काउली, फर्सी, प्याज, बन्दाकोभी, सिमला, भ

किसानहरुले अहिले गोलभेला, आलु, काउली, फर्सी, प्याज, बन्दाकोभी, सिमला, भन्टा, तितेकरेला आदी उत्पादन गरिरहेका छन् । वार्षिक २० देखि ३० क्विन्टल गोलभेडा उत्पादन गरिरहेको उनीहरुको भनाई छ । एक सिजनमा उत्पादन भएका तरकारी बिक्री गरी दुई लाखसम्म आम्दानी गरिरहेका छन् ।
व्यावसायिक तरकारी खेतिका लागी जिल्लाको डोला, वगरकोट, मनाना, र गाङ्खेत पकेट क्षेत्र मानिन्छ । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच सहज हुन थालेपछि तरकारी उत्पादन गर्ने किसानको संख्यामा वृद्धि हुँदै गए पनि किसानहरु तरकारीमा लाग्ने रोगले भने चिन्तित छन् ।

डडेल्धुरामा २ हजार ४२ हेक्टर क्षेत्रफलमा हिउँदे र बर्षे गरी दुई पटक तरकारी खेती गरिदै आएको छ । यँहा उत्पादित तरकारी प्रदेश नं ७ का अन्य पहाडी जिल्लासहित तराईका जिल्ला कैलाली र कञ्चनपुरमासमेत निर्यात हुने गरेको छ । विभिन्न समयमा लाग्ने रोगकिराको समयमै समाधान, सिंचाई योजना, कृषि सडक निर्माण जोडि दिने हो भने डडेल्धुराका हरेक वस्तीहरु कृषि उत्पादनका लागी नमुना बन्ने देखिएको छ ।

भान्टा, तितेकरेला आदी उत्पादन गरिरहेका छन् । वार्षिक २० देखि ३० क्विन्टल गोलभेडा उत्पादन गरिरहेको उनीहरुको भनाई छ । एक सिजनमा उत्पादन भएका तरकारी बिक्री गरी दुई लाखसम्म आम्दानी गरिरहेका छन् ।

व्यावसायिक तरकारी खेतिका लागी जिल्लाको डोला, वगरकोट, मनाना, र गाङ्खेत पकेट क्षेत्र मानिन्छ । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच सहज हुन थालेपछि तरकारी उत्पादन गर्ने किसानको संख्यामा वृद्धि हुँदै गए पनि किसानहरु तरकारीमा लाग्ने रोगले भने चिन्तित छन् ।

डडेल्धुरामा २ हजार ४२ हेक्टर क्षेत्रफलमा हिउँदे र बर्षे गरी दुई पटक तरकारी खेती गरिदै आएको छ । यँहा उत्पादित तरकारी प्रदेश नं ७ का अन्य पहाडी जिल्लासहित तराईका जिल्ला कैलाली र कञ्चनपुरमासमेत निर्यात हुने गरेको छ । विभिन्न समयमा लाग्ने रोगकिराको समयमै समाधान, सिंचाई योजना, कृषि सडक निर्माण जोडि दिने हो भने डडेल्धुराका हरेक वस्तीहरु कृषि उत्पादनका लागी नमुना बन्ने देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);