निक्षेप संकलन भन्दा बढी कर्जा लगानी नगर्न गभर्नरको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

निक्षेप संकलन भन्दा बढी कर्जा लगानी नगर्न गभर्नरको आग्रह

chiranjibi nepal

नीति विपरित काम गरे कारबाही गर्ने चेतावनी –

काठमाडौं, १८ पुस । नेपाल राष्ट्रबैँकका गभर्नर चिरञ्जिवी नेपालले निक्षेप संकलन भन्दा बढी कर्जा लगानी नगर्न बैंकहरुलाई आग्रह गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित ग्लोबल आइएमइ बैंक लिमिटेडको ११ औं बार्षिकउत्सव तथा बैंकको नवनिर्मित कर्पोेरेट रजिष्टर्ड कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै गभर्नर नेपालले नीति विपरित काम गर्ने बैंकलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् । उनले १ सय ६ अर्ब निक्षेप संकलन गर्ने बैंकहरुले १ सय ६७ अर्ब कर्जा प्रर्वाह गर्दा बित्तिय सन्तुलन नमिलेको स्पष्ट पारे ।

६० प्रतिशत नेपाली अझै बैकिङ सेवाको पहँचमा छैनन्

गभर्नर नेपालले अझै पनि ६० प्रतिशत नेपाली जनता बैकिङ सेवाको पहँचमा आउन नसकेको भन्दै त्यसतर्फ ध्यान दिन बैंकहरुको ध्यानकर्षण गराए । ग्लोबल आइएमी बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अरु कमर्सियल बैंकले गर्न नसकेको काम ग्लोवल आइएमइले गरेको दाबी गरेका छन् ।

ग्लोबल आइएमइ बैकले मंगलवारबाट ५ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको सातवटै प्रदेशमा अब १ सय १३ शाखा मार्फत आफ्नो सेवा सञ्चालन गर्नेछ ।

ताजा समाचार