जथाभावी लगानी गर्ने वित्तिय संस्थालाई कार्वाही गर्ने राष्ट्र बैंकको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

जथाभावी लगानी गर्ने वित्तिय संस्थालाई कार्वाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं, ९ मंसिर । नेपाल राष्ट्र बैंकले जथाभावी लगानी गर्ने बैंक तथा वित्तिय संस्थालाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकको योजना विपरित लगानी गर्ने बैंक तथा वित्तिय संस्थालाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् ।

विगत ३ महिनायता केही निजी क्षेत्रका बैंकहरुले ६७ अर्व निक्षेप संकलन गरेर १ सय ६७ अर्व लगानी गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

यसरी निक्षेप भन्दाबढि लगानी गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई कार्वाही गर्ने नेपाल राष्ट्र बैंकको योजना छ । नेपाल वित्तिय संस्था कर्मचारी संघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गभर्नर नेपालले राष्ट्र बैंकको निर्देशन विपरित लगानी गर्ने बैंकमाथि कडा निगरानी राख्न बंैक अन्तरगतका ट्रेड युनियनहरुलाई पनि सचेत गराए ।

गभर्नर नेपालले प्रविधि अनुसार आफ्ना योजनाहरुमा पनि परिवर्तन ल्याउन बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष पदमराज रेग्मीले बैंक तथा वित्तिय संस्थाहरुको क्षमता अभिवृद्धि कार्यक्रमको आवश्यक्तामाथि प्रकाश पारेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);