भृकुटीमण्डपमा राष्ट्रिय जुत्ता-चप्पल औद्योगिक प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भृकुटीमण्डपमा राष्ट्रिय जुत्ता-चप्पल औद्योगिक प्रदर्शनी

प्रदर्शनी मंसिर २६ गतेसम्म चल्ने:

 

काठमाडौं, ९ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा ‘दोस्रो राष्ट्रिय जुत्ता चप्पल औद्योगिक प्रदर्शनी’ सुरु भएको छ । स्वदेशी उत्पादनलाई बढावा दिन आह्वान गर्दै नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा सो प्रर्दशनी सुरु भएको हो ।

आईतबार एक कार्यक्रमकाबीच संघमा आवद्ध १ सय १७ जनाभन्दा बढि व्यवसायीहरुले स्टल राखेको प्रदर्शनीको उद्घाटन गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्वदेशी जुत्ता चप्पलको उत्पादनलाई बढावा दिने गरी तत्काल विशिष्ट नीति ल्याउन सरकारसँग माग गरे ।

उनले केही वर्ष भित्र जुत्ता चप्पलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले व्यवसायीहरुलाई प्रोत्साहित गर्ने खालको नीति ल्याउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

प्रदर्शनीमा केटिएम सुज, भेनस सुज, क्वालिटी सुजलगायतका नेपालमै उत्पादित गुणस्तरीय जुत्ता तथा चप्पल प्रदर्शन गरिएको छ । स्वदेशी जुत्ता चप्पललाई प्रोत्साहित गर्न व्यवसायीहरुले आग्रह गरेका छन् ।

प्रदर्शनी आयोजक समितिका संयोजक रामहरि दुलालले स्वदेशी जुत्ता चप्पललाई प्रोत्हासित गर्न प्रदर्शनीमा आउन सबैलाई आह्वान गरे ।

मंसिर २६ गतेसम्म चल्ने प्रदर्शनीमा नेपाली ब्राण्डका गुणस्तरीय जुत्ता चप्पल सस्तो मूल्यमा उपलब्ध गराउने नेपाल जुत्ता चप्पल उत्पादक संघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);