राजधानीको भृकुटिमण्डपमा औद्योगिक प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । राजधानीको भृकुटिमण्डपमा पुष १३ देखि १८ गतेसम्म चल्ने प्रदर्शनीमा, आत्मनिर्भरताको आधार, स्वदेशी वस्तुको प्रयोग मूल नारा रहेको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रदर्शनीबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले नेपाली जुत्ता चप्पल भन्दा विदेशी जुत्ता चप्पले आधा भन्दाबढी बजार ओगटेको बताएका छन् । उनँले विदेशी ब्राण्डका जुत्ता चप्पलले गर्दा स्वदेशी उत्पादनले बजार नपाएकोले यस्ता समस्या निराकरणका लागि प्रयास भैरहेको बताएका छन् । साथै, स्वदेशी उत्पादनलाई अझ मजबुत बनाउन उद्योग मन्त्रालय, अर्थमन्त्रालय र भौतिक मन्त्रालयको सहकार्यमा औद्योगिक जोनमा जुत्ता उत्पादन गर्ने कच्चा पदार्थको बारेमा छलपल गरिने बताएका छन।

प्रदर्शनीमा १० वटा प्रायोजकसहित १ सय ३५ स्टलहरु रहने छन् भने प्रदर्शनी अवधिभर उपभोक्ताहरुले स्वःस्फुर्तरुपमा प्रदर्शनीमा रखिएका बस्तुहरु बस्तुहरु अवलोकन गरी सुपथ मुल्यमा खरिद गर्न पाउने आयोजकले जनाएको छ । ९० उद्योगको संलग्नतामा प्रदर्शनी हुन लागेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);