पुस १३ देखि काठमाडौंमा छाला-जुत्ता प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पुस १३ देखि काठमाडौंमा छाला-जुत्ता प्रदर्शनी

काठमाडौं, ९ पुस । जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको ‘१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७५’ यही पुस १३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । मुलुकलाई जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सो प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

७ दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता, चप्पलका उत्पादनहरु प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा उपभोक्ताका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजको भनाई छ ।

फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको सो प्रदर्शनीमा करिव १ लाख ५० हजार भन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीको नारा ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);