१३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु

pardashani

काठमाडौं, १४ पुस–काठमाडौंको भृकुटीमण्डपमा स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने उद्देश्यका साथ १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । बिहीबार सुरु भएको छालाजन्य ९जुत्ता, चप्पल० वस्तुको राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला ६ दिनसम्म सञ्चालन हुनेछ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले १४ वर्षदेखि यो मेला भृकुटीमण्डपमा गर्दै आएको छ । एसोसिएसन अध्यक्ष रविनकुमार श्रेष्ठले यस वर्षको जुत्ता मेला सेलभन्दा पनि ब्रान्डको लागि गरिएको बताए । ‘स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्दै आएका छौं,’ उनले भने, ‘यस वर्ष पनि भव्य तयारी सहित उद्घाटन गरिसकेका छौं । नयाँ ब्रान्डको लागि यस वर्षको मेला फलादायी हुनेछ ।’

श्रेष्ठले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न नेपालमा विभिन्न किसिमका ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गर्नुपर्ने समेत बताए । उनले उपत्यका वरिपरिको कुनै जिल्लामा फुटवेयर जोन स्थापना गर्न लागेकाले सरकारले सहयोग गर्नुपर्ने बताए ।
प्रदर्शनी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्दघाटन गरेका हुन् । सो अवससरमा अर्थमन्त्री कार्कीले देशको तीव्र विकासका लागि औद्योगिक क्षेत्र आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । यस्ता उद्योगमा सरकारको पूर्ण साथ र सहयोग रहने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);