काठमाडौं, १८ चैत । आगामी बैशाख १४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ हुने भएको छ । नेपाल घरेल तथा साना उद्योग महासंघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी गराएको हो ।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले स्वदेशी बस्तुको उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको बताए । ५ दिनसम्म चल्ने मेलामा २ सय ५० वटा भन्दा बढि स्टल रहनेछ । मेलामा २ लाखभन्दा बढिले अवलोकन गर्ने र ७ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।




