राष्ट्रपतिद्वारा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको औपचारिक उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको औपचारिक उद्घाटन

rastrapati bhandari-byapar mela

काठमाडौं, २४ फागुन । राजधानीको भृकुटीमण्डपमा आयोजित ‘१५ औं अन्तर्राष्ट्रिय औद्योगिक तथा तेस्रो प्राङगारिक कृषि मेला’को राष्ट्रपति बिद्यादेवी भण्डारीले शुक्रवार औपचारिक उद्घाटन गरेकी छिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा बिहीबारबाट सुरु भएको सो मेलाको शुक्रबार राष्ट्रपति भण्डारीले औंपचारिक रुपमा उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकको निर्यात व्यापारलाई बढाउन मेलाले सघाउ पु¥याउने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय उद्योगहरुको विकास गर्दै अन्तराष्ट्रिय लगानी भित्रयाएर मुलुकको उद्योग क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि जनाए ।

स्वदेशी बस्तुको प्रयोग गर्न आह्वान गर्दै सो मेला आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । बिहीबारबाट सुरु भएको ५ दिनसम्म चल्नेछ । मेलामा २ सय ५ वटा स्टल राखिएका छन । नेपाल सरकारको प्रत्यक्ष सहयोगमा आयोजना गरिएको मेलामा ५ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);