कृषि क्षेत्रको विकास विना आर्थिक विकास असम्भव : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कृषि क्षेत्रको विकास विना आर्थिक विकास असम्भव : प्रचण्ड

काठमाडाैं, १४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषि क्षेत्रको विकास विना आर्थिक विकास हुन नसक्ने बताएका छन् ।

१४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष दाहालले कृषि क्षेत्रको विकास गरी उत्पादन बढाउन सकेमात्र समृद्धि हासिल हुने बताए ।

उनले देशभरका लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

देशभरका लघु, घरेलु तथा साना उद्योगको उत्पादन अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको हो । मिहिनेत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं भन्ने नाराका साथ सुरु भएको उक्त मेलामा १ सय ८७ वटा स्टल रहेका छन् ।

प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको छ ।

पाँच दिनसम्म चल्ने प्रदर्शनीमा १ लाख ५० हजार भन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने र १० करोडको प्रत्यक्ष तथा अप्रत्यक्ष कारोवार हुने अनुमान आयोजकले गरेको छ । मेला १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);