क्यालेन्डर बनाएर मेला आयोजना गर्न उद्योगिको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

क्यालेन्डर बनाएर मेला आयोजना गर्न उद्योगिको सुझाव

काठमाडौं, २५ फागुन । उद्योगीहरुले नेपाली उत्पादनको विकास र प्रवर्द्धनका लागि क्यालेन्डर बनाएर मेलाहरु आयोजना गर्नुपर्ने सुझाव दिएका छन् । राजधानीको भृकुटीमण्डमा जारी ‘१५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला, घरेलु उद्योग महोत्सव र तेस्रो प्राङगारिक कृषि मेला’मा सहभागी उद्योग व्यवसायीले वस्तु व्यापारका लागि मेलाहरु आयोजना हुनुपर्नेमा जोड दिए ।

उपभोक्ता र उत्पादनकर्तालाई एकै थलोमा जम्मा गराउने अवसर दिने भएकाले वस्तु व्यापारका लागि मेला सहज हुने तर्क उनीहरुको थियो । दुर्गम जिल्लाका अर्गानिक उत्पादनका बारेमा अझै पनि उपभोक्ताहरु माझ पर्याप्त जानकारी पुग्न नसकेको भन्दै उनीहरुले नेपाली उत्पादन प्रयोगलाई सरकारले नै नीतिगत रुपमा समावेश गर्नुपर्ने सुझाव दिए ।

आईतबार सम्म चल्ने मेलामा २ सय बढी स्टल राखिएका छन् । मेलामा अर्गानिक कृषि उत्पादन , छाला, कटन, सुती लगायतका हातले बुनेका कपडा, हस्तकलाका सामानहरु, खाद्य सामाग्रीहरु तथा हिमाली क्षेत्रका उत्पादनहरु राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);