भोलीदेखि ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’ शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भोलीदेखि ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’ शुरू

byapar mela

काठमाडौं, १३ चैत । काठमाडौंको भृकुटीमण्डपमा बिहीवारदेखि आठौं ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’ शुरू हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा उक्त मेला हुन लागेको हो ।

अन्तरराष्ट्रिय लगानी सम्मेलनको अवसरमा आयोजना हुन लागेको व्यापार मेलामा चीन, भारत, बंगलादेश, कोरिया, जापान लगायत देशको सहभागिता रहने भएको छ । अन्तरराष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने उद्देश्य रहेको मेलामा सबैभन्दा बढी सहभागिता चीनबाट हुने आयोजकले जानकारी दिएको छ । मेलामा कुल २२५ ओटा स्टल रहने र चीनबाट मात्र ९० ओटा स्टल आउने भएका छन् ।

त्यस्तै, भारतबाट १० स्टल आउनेछन् भने अन्य देशबाट ४० ओटा स्टल आउने आयोजकले बताएको छ । सबैभन्दा बढी सहभागिता रहेको चीनबाट मेलामा कृषि, ऊर्जा, सोलार, लगानी र व्यापारका स्टल रहने महासंघका महानिर्देशक गोपाल तिवारीले जानकारी दिए । यस्तै, मेलामा कार्पेट, स्वास्थ्य, फार्मेसी, खाद्यान्न, तरकारीजन्य वस्तु तथा औद्योगिक स्टल पनि चिनियाँ व्यवसायीले राख्ने उनले जानकारी दिए । यो समाचार अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);