१५५ देशसँग व्यापारघाटा, २९ मुलुकसँग नाफा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

१५५ देशसँग व्यापारघाटा, २९ मुलुकसँग नाफा

nafa-ghata

काठमाडौं, १३ चैत । बढ्दो आयात तर निर्यात स्थिर रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ । जसमा २९ वटा मुलुकसँगको व्यापार नाफामा रहेको छ भने १ सय ५५ वटा मुलुकसँगको व्यापारमा भने घाटा छ ।

केन्द्रका अनुसार सबैभन्दा बढी आयात र निर्यात छिमेकी मुलुक भारतसँग हुने गरेको छ भने दोस्रोमा उत्तरी छिमेकी चीन रहेको छ । २९ वटा मुलुकमध्ये अमेरिका, अष्ट्रिया, स्लोभाकिया, अफगानिस्तानलगायतका मुलुक नाफामा रहेको केन्द्रको तथ्यांक छ । आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसक्दा नेपालको व्यापारघाटा दिनप्रतिदिन बढ्दै गएको हो । स्वदेशी वस्तुको उत्पादन लागत महँगो हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुँदा निर्यात बढ्न सकेको छैन ।

व्यापारविज्ञ पुरुषोतम ओझा स्वदेशी वस्तुको निर्यात बढाउन नसक्दा धेरै मुलुकसँग व्यापारघाटा बढ्दै गएको बताउँछन् । बढ्दो व्यापारघाटा कम गर्नका लागि निर्यात प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।

केन्द्रका अनुसार छिमेकी मुलुक भारतबाट चालू आवको सात महिनामा ५ खर्ब ३९अर्ब ३८ करोडको आयात भएकोमा त्यसतर्फ ३२ अर्ब ८९ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँगको व्यापारमा ५ खर्ब ६ अर्ब रुपैयाँ घाटा छ । यस्तै, अर्को छिमेकी मुलुक चीनबाट १ खर्ब २० अर्ब ८२ करोड आयात भएकोमा १ अर्ब २२ अर्बको निर्यात भएको छ । चीनसँगको व्यापारमा १ खर्ब २० अर्बको व्यापार घाटा रहेको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स ९यूएई०बाट २१ अर्ब ४९ करोडको आयात भएकोमा निर्यात भने न्यून छ । युरोपेली मुलुक फ्रान्सबाट १५ अर्ब ५४ करोड रुपैयाँको आयात भएको ८० करोडको निर्यात भएको छ । इन्डोनेसियाबाट ९ अर्ब ५९ करोडको आयात भएकोमा १ करोड रुपैयाँकोमात्र निर्यात भएको छ । यस्तै, थाइल्यान्डमा ८ अर्ब ५७ करोडको आयात भएकोमा ३ करोड रुपैयाँको निर्यात भएको छ । स्वीट्जरल्यान्डबाट पनि ७ अर्ब ८४ करोड आयात भएकोमा २५ करोडको निर्यात भएको छ । क्यानडाबाट ७ अर्ब९३ करोडका आयात भएकोमा ४८ करोडको निर्यात भएको छ ।

यस्तै, मलेसियाबाट ६ अर्ब ९६ करोडको आयात भएकोमा १४ करोडको निर्यात भएको केन्द्रको तथ्यांकले देखाएको छ । अर्जेन्टिनाबाट पनि ६ अर्ब ३० करोडको आयात भएकोमा निर्यात भने शुन्य रहेको छ । केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा कुल आयात २३ प्रतिशतले बढेर ८ अर्ब ३३ अर्ब २३ करोड रुपैयाँ बराबरका सामान आयात भएका छन् । यस्तै, सोही अवधिमा निर्यातमा १२।२ प्रतिशतले वृद्धि भएर ५३ अर्ब ८ करोड रुपैयाँ सामान निर्यात भएको छ ।

नेपालबाट ऊनी गलैंचा, तयारी पोशाक, जुट तथा जुटका सामानहरू, जुस, चिया, कपडा, अलंैची, पश्मिनालगायतका अन्य सामान निर्यात हुने गर्छ । सात महिनामा गलैंचाको निर्यात १०।१ प्रतिशतले वृद्धि भई ४ अर्ब २१ करोडको निर्यात भएको छ । फलाम तथा स्टील र तिनका उत्पादनहरूको निर्यात भने ३१।४ वृद्धि भइ ४ अर्ब ३५ करोड भएको छ । सो अवधिमा पेट्रोलियम पदार्थको आयातमा ३७।६ प्रतिशतले वृद्धि भई १ खर्ब २० अर्ब ७ करोड रुपैयाँको आयात भएको छ ।

फलाम तथा स्टील र तिनका उत्पादनहरूको आयातमा ४१।६ प्रतिशतले वृद्धि भई १ खर्ब ९० करोड रुपैयाँको आयात भएको छ । यातायातका साधन र तिनका पार्टपुर्जामा १२।८ प्रतिशतले वृद्धि भइ ५६ अर्ब ९८ करोडको आयात भएको केन्द्रको तथ्यांक छ । यो समाचार कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);