भृकुटीमण्डपमा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भृकुटीमण्डपमा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

काठमाडौं, २३ फागुन । काठमाडौंको भृकुटीमण्डपमा ‘१५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा तेस्रो प्राङगारिक कृषि मेला’ सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सो मेला बिहीबारबाट सुरु भएको हो ।

स्वदेशी बस्तुको प्रयोग गर्न आह्वान गर्दै सो मेला आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले जानकारी दिए । ५ दिनसम्म चल्ने मेलामा २ सय ५ वटा स्टल रहेका छन् ।

महासंघका निवर्तमान अध्यक्ष प्रधानले मेलामा ५० वटा कृषिसम्बन्धि सामग्रीको स्टल रहेको बताए । त्यसैगरी मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतले पनि स्टल राखिएको छ ।

नेपाल सरकारको प्रत्यक्ष सहयोगमा आयोजना गरिएको मेलामा नेपालमै उत्पादित, अर्गानिक कृषि सामग्रीहरु, हस्तकलाका सामानहरु मुख्य आकर्षणको रुपमा राखिएको छ । मेलामा प्रत्यक्ष रुपमा ५ करोड बराबरको आर्थिक कारोबार हुने र करिव २ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);