समृद्ध मुलुक निर्माणका लागि पूँजीको आवश्यक : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

समृद्ध मुलुक निर्माणका लागि पूँजीको आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं, २३ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समृद्ध मुलुक निर्माणका लागि पूँजीको आवश्यक पर्ने भएकाले पूँजी निर्माणको लागि सरकारले ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक’ ल्याएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक’ माथि को सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले पूँजीको आवश्यकता पुरा गर्नका लागि विधेयक प्रस्तुत भएको स्पष्ट पारे ।

संभावनालाई उपलब्धिमा रुपान्तरण गर्नका लागि आवश्यक पर्ने पूँजी, प्रविधि, ज्ञान र उद्यमशिलता मध्ये पूँजीको आवश्यकता पुरा गर्नका लागि विधेयक प्रस्तुत भएको उनले स्पष्ट पारे । पूँजी केन्द्रीकृत र एकाधिकारी प्रवृतिको नहोस् भन्नेमा सरकार सचेत रहेको उनले स्पष्ट पारे ।

निजी क्षेत्रसंगको सहकार्य गरि राष्ट्रिय पूँजी निर्माण गरि त्यो राष्ट्रिय पूँजीमार्फत मुलुकले समृद्धि हासिल गर्दै उन्नत समाजवादतर्फको दिशामा सरकार अघि बढेको उनले स्पष्ट पारे ।

संविधानले समाजवाद उन्मुख राज्य प्रणाली मात्रै नभनेकाले त्यो प्राप्त गर्नलाई सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्रको संयुक्त प्रयासलाई आत्मसाथ गरेकाले त्यसलाई विर्सन नहुनेमा मन्त्री खतिवडाको जोड छ ।

संविधानले सम्पुर्ण राज्यका साधन स्रोत, उत्पादनका साधनलाई केन्द्रीकरण गरेर राज्य निर्देशित आर्थिक प्रणाली अपनाउन पर्छ नभनेको स्पष्ट पार्दै उनले संविधानले निजी सम्पत्तिलाई सुरक्षा र उपभोगको स्वतन्त्रता दिएको स्पष्ट पारे ।

उनले प्रस्तावित विधेयकमा रहेका केही प्राविधिक विषयलाई भने संशोधन गर्न सकिने बताए । विधेयकमाथिको सैद्धान्तिक छलफल पछि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डाक्टर खतिवडाले प्रस्तुत गरेको ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।