मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार

kp oli

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको बताएका छन् । प्रधानमन्त्री ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यक्ता अनुसार संविधान, कानुन परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले विगतका लगत अभ्यास र परम्परालाई त्यागेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सक्रियताका साथ लागि पर्न पनि निजी क्षेत्रलाई आह्वान गरे । प्रधानमन्त्री ओलीले अव अरुलाई दोष दिएर पन्छिने अवस्था सरकार –निजी क्षेत्र कसैलाई पनि नरहेको बताए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई समृद्ध बनाउन सरकार एक्लैको प्रयासले मात्रै नहुने स्पष्ट पारे । उनले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको योगदानमाथि विशेष जोड दिएको स्पष्ट पारे ।

लगानी सम्मेलनपछि मुलुकलाई समृद्ध बनाउने आधार झनै बलियो भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले त्यसका लागि आवश्यक सबै खालको नीतिगत व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

अर्थमन्त्री खतिवडाले मुलुकको विकास निर्माणको काममा तीव्रता दिन पनि निजी क्षेत्रले उल्लेख्य योगदान दिन सक्ने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);