सहिदको सपना साकार पार्न इमान्दार भएर काम गर्न प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सहिदको सपना साकार पार्न इमान्दार भएर काम गर्न प्रधानमन्त्रीको आग्रह

pmoli-sahid diwas

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको असहमति, आलोचना र विरोधलाई छाडेर मुलुकलाई सम्पन्न र समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्ने दायित्व बिर्सन नहुने पनि स्पष्ट पारे ।

सहिद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौंको लौनचौरस्थित सहिद पार्कमा सहिदहरुको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिदहरुको सपनालाई साकार पार्न सरकारले मुलुकलाई समृद्ध र जनतालाई सुःखी बनाउने अभियानलाई दृढताका साथ अघि बढाईरहेको पनि स्पष्ट पारे ।

मुलुकमा जनताको शासन व्यवस्था सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको अवस्थामा परिवर्तन ल्याउन सबैले दृढतापूर्वक समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहिदहरुको सपना पूरा गर्ने काममा एकतावद्ध भएर अघि बढन सबैलाई आग्रह गर्नु भयो । उनले सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रलाई अघि बढन नदिने प्रयास पनि सुरु हुन थालेको भन्दै त्यसलाईं निष्तेज पारेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।

मेयर शाक्यले मुलुकलाई समृद्ध बनाएर मात्रै सहिदहरुको सपनालाई पूरा गर्न सकिने स्मरण गराए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);