नेपालमा विद्युतीय गाडीको कारखाना स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा विद्युतीय गाडीको कारखाना स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

kp oli

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

बिहीबारबाट काठमाडाैंमा सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले मुलुकको उद्योग र आर्थिक क्षेत्रको उन्नतिमा कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न पनि उद्योगीहरुलाई आग्रह गरे । उनले उद्योगीहरुलाई अवसर, अधिकार, सहुलियत दिन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानुनी व्यवस्था गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगीहरुको सुझाव अनुसार आवश्यक ऐन, कानुनको व्यवस्था गर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराइन् । उनले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न निजी क्षेत्र प्रतिवद्ध रहेको स्पष्ट पारिन् । अध्यक्ष राणाले उद्योगहरुले आफ्नो गाँस काटेर राज्यलाई कर तिर्दा पनि सम्मान हुन नसकेको पनि गुनासो गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);