कुनै पनि हालतमा नेपालमा लोडसेडिङ हुन दिन्न : कुलमान घिसिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कुनै पनि हालतमा नेपालमा लोडसेडिङ हुन दिन्न : कुलमान घिसिङ

kulmansingh ghising

कोमलप्रसाद दुलाल
काठमाडौं, २८ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउने व्यक्ति सक्रिए भएपनि कुनै हालतमा लोडसेडिङ भने हुन नदिने प्रतिवद्धता जनाएका छन् । माउन्टेन टेलिभिजनको चर्चित कार्यक्रम खरो प्रश्नमा बिहिबार कुराकानी गदै कार्यकारी घिसिङले यस्तो बताएका छन् ।

गत सोमवार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउनेहरु फेरी सक्रिय भएको आरोप लगाए । उज्यालो नेपालका नायक समेत भनेर चिनिने घिसिङले किन यसरी प्रत्रकार सम्मेलननै गरेर आफ्नै कर्मचारी र पूर्व कर्मचारी विरुद्ध अभिव्यक्ति दिए ।

भविष्यमा देशलाई विद्युतमा आत्मानिर्भरतर्फ उन्मुख गराउने प्रयास भईरहेका वेला यस्तो असहयोग भएकोले वाध्य भएर सर्वजनिक गर्नूपरेको कार्यकारी निर्देशक घिसिङको भनाई छ ।

माउन्टेन टेलिभिजनको चर्चित कार्यक्रम खरो प्रश्नमा विहीवार कुरा गदै कार्यकारी निर्देशक घिसिङले कसैको नाम नलिई विगतमा लोडसेडिङ गराउने तत्व आफुहरुलाई असफल बनाउन लागि परेको समेत फेरी दोहोर्याएका छन् ।

हुनत यस अघि पनि त्यही भित्रका कर्मचारीले कार्यकारी निर्देशक घिसिङलाई असहयोग गदै आएका छन् । प्राधिकरणको आधिकारिक ट्रेड युनियन अध्यक्ष जनार्दन भट्टराईले केही समयअघि पछिल्लो सयम विद्युत प्राधिरकणलाई घाटामा लैजाने खेल भएको भन्दै घिसिङ विरुद्ध प्रचारमा उत्रिएका थिए । दुई वर्षअघि पनि कर्मचारीमा सरुवा गर्दा उनकै नेतृत्वमा आन्दोलनका प्रयास भएको थियो ।

त्यसैगरी अहिले भट्टराईले घिसिङले पनि ट्रक लाइन लिएका पाँच उद्योगले महशुलवापत बुझाउनेपर्ने करिब ४ अर्ब मिनाहा गर्न प्राधिकरण व्यवस्थापन लागेको तथा कार्यकारी निर्देशकले वार्षिक ६० लाख भत्ता बुझेको लगायतका आरोप लगाएका थिए ।

कार्यकारी निर्देशक घिसिङको अहिलेको प्रछिल्लो भनाई पनि यीनै भट्टराई र कांग्रेस निकट कर्मचारी विरुद्ध भएको स्रोतको भनाई छ । तर, कार्यकारी निर्देशक घिसिङले भने कसैले चाहिदैनमा अव नेपालमा लोडसेडिङ नहुने बताएका छन् ।

देशमा विगतमा १८-१८ घण्टा लोडसेडिङ हुँदा उद्योगधन्दा देखि मानिसहरुको जनजीवन समेत प्रभावित थियो । तर, घिसिङ कार्यकारी निर्देशक भएर आएपछि नेपालको अर्थतन्त्र देखि अन्धकार नेपालको काहालिलाग्दो दिनबाट नेपाल मुक्त भएको छ । यो सफल व्यक्तित्व अर्थात नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई असहयोग गर्ने अहिले विभिन्न व्यक्तिहरु लागे परेको भन्दै सबै सचेत हुनु पर्ने सरोकारवालाहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);