कुनै पनि अवस्थामा लोडसेडिङ हुँदैन : घिसिङ | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

कुनै पनि अवस्थामा लोडसेडिङ हुँदैन : घिसिङ

काठमाडौँ, ६ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याबाहेक अरु कुनै पनि अवस्थामा लोडसेडिङ नहुने स्पष्ट पारेका छन् ।

केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा लोडसेडिङ हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले यस्तो प्रतिक्रिया दिएको हो ।

हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टा लोडसेडिङ हुँदै आएको तर अन्य ग्राहकलाई घोषित वा अघोषित रुपमा कुनै प्रकारको विद्युत्भार कटौती नभएको घिसिङले बताए ।

प्राधिकरणले आफ्ना जलविद्युत् आयोजनाबाट ३७२ मेगावाट, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);