हिउँदमा लोडसेडिङ हुन नदिन भारतबाट थप विद्युत किन्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौँ , भदौ २ । आगामी हिउँदमा पनि लोडसेडिङ हुन नदिन सरकारले भारतबाट थप डेढ सय मेगावाट बिजुली किन्ने तयारी गरेको छ ।

 

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको हिउँदमा उच्च माग हुँदा ३ सय ९५ मेगावाटसम्म विद्युत भारतबाट आयात गरेको थियो । प्राधिकरणले आगामी हिउँदमा विद्युत माग करिब १८ सय मेगावाट पुग्ने अनुमान गरेको छ । तर कूल मागलाई सम्बोधन गर्ने गरी आन्तरिक उत्पादन छैन । त्यसैले पनि प्राधिकरणले भारतबाट भइरहेको आयात बढाउन लागेको हो । प्राधिकरणको नेतृत्व कुलमान घिसिङले सम्हालेलगत्तै गत वर्षको तिहारदेखि नै काठमाडौँ उपत्यकामा लोडसेडिङ हुन छाडेको छ ।

 

काठमाडौँसँगै मुलुकका अन्य भागमा पनि विगतभन्दा निकै कम समयमात्रै लोडसेडिङ हुने गरेको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);