भारतले विद्युत कटौती गरेपछि लोडसेडिङ सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतले विद्युत कटौती गरेपछि लोडसेडिङ सुरु

एजेन्सी । भारतले नियमित रूपमा दिँदै आएको विद्युत् कटौती गरेपछि बारा–पर्सा औद्योगिक करिडोरमा अघोषित रूपमा दैनिक ८ देखि १० घण्टा लोडसेडिङ सुरु भएको छ ।

गत वर्ष हिउँदमा भारतबाट ८ सय मेगावाट सम्म विद्युत् आयात भए पनि यस वर्ष कटौती गरेर ३ सय मेगावाट मात्रै विद्युत् दिँदै आएको नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएको छ । भारतले ४ सय मेगावाट मात्रै विद्युत् दिए देशभर पर्याप्त हुने प्राधिकरणको भनाइ छ । भारतीय विद्युत् नेपालको वीरगञ्ज,बुटवल, विराटनगर र ढल्केबरको बाटो हुँदै भित्रिन्छ ।

पछिल्लो समय आन्तरिक उत्पादन पनि घट्नु र छिमेकी मुलुक भारतबाट ल्याउँदै गरेको विद्युत् पनि कटौती भएपछि बारा–पर्सा औद्योगिक करिडोरमा बिहान–बेलुका विद्युत् कटौती भएको प्राधिकरण सिमरा शाखाले जनाएको छ ।

बारा–पर्सा औद्योगिक करिडोरमा सिमरा वितरण केन्द्र अन्तर्गत २ सय उद्योग र वीरगञ्ज वितरण केन्द्र अन्तर्गत ७ सय उद्योगहरू छन् । ती उद्योगहरूले मात्रै दैनिक ३ सय मेगावाट खपत गर्ने गर्दछन् । बारा पर्सा औद्योगिक करिडोरमा निमार्णजन्य र खाद्य उद्योगहरू साना ठुला गरेर करिब ९ सयको सङ्ख्यामा रहेका छन् । जसमध्ये झण्डै सयको हाराहारीमा सिमेन्ट उद्योगहरू रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);