मेलम्चीको मुख्य बाँध सार्नुपर्ने एक अध्ययनको निष्कर्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मेलम्चीको मुख्य बाँध सार्नुपर्ने एक अध्ययनको निष्कर्स

काठमाडौं । काठमाडौं उपत्यकामा पानीको माग सम्बोधन गर्न निकै महत्वपूर्ण रहेको भनिएको मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध ‘अन्यत्रै सार्नुपर्ने’ एक अध्ययनले देखाएको छ ।

गत वर्ष असारमा आएको बाढी अनि पहिरोका कारण प्रभावित भएसँगै मौसमी आयोजनामा परिणत मेलम्चीबाट बाह्रै महिना पानी काठमाडौंसम्म पु¥याउन नयाँ संरचना आवश्यक भएको एक क्यानडेली कम्पनीले औँल्याएको मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गत वर्षको प्राकृतिक विपद् पश्चात् पहिरोको व्यापक प्रभाव ‘हेडवर्कर्स’ भनिने संरचनामा परेकाले त्यो बलियो रहे÷नरहेको विषयमा संशय उत्पन्न भएको थियो । त्यसबारे अध्ययन गर्न एशियाली विकास बैंकले क्यानडेली कम्पनीलाई गत नोभेम्बरमा परिचालन गरेको थियो । मेलम्ची खानेपानी आयोजनाको मुख्य ऋण लगानीकर्ताले नै उक्त अध्ययनको खर्च बेहोरेको बताइएको छ ।

श्रेष्ठका अनुसार आर्थिक लाभ वा हानिको हिसाब किताब नगरी काम बढाउने हो भने अहिलेको हेडवर्क्स संरचनामार्फत् नै काठमाडौंमा पानी पठाउन सकिने अवस्था छ । तर त्यसको लागि झन्डै १२ देखि १३ अर्ब रुपैयाँ लाग्न सक्ने र त्यति गर्दा पनि भविष्यमा ढुक्क हुनसक्ने अवस्था भने नरहने उक्त टोलीले ठहर गरेको उनले जानकारी दिए । त्यही ठाउँ प्रयोग गरेर काठमाडौंमा पानी ल्याउन सकिँदैन भन्ने निष्कर्ष आफूहरूको रहेको श्रेष्ठको भनाइ छ । त्यसको विकल्प ‘इनटेक’ सार्नुपर्छ भन्ने रहेको उनले बताए । लगभग ४०० देखि ५०० मिटर सुरुङ निर्माण गर्न र सानो बाँध निर्माण गर्न ३ देखि ४ अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान समितिको छ । उक्त संरचनामा लगानी गर्न एसियाली विकास ब्याङ्क इच्छुक रहेको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ । स्थानीय रूपमा विवाद सृजना नभएर निरन्तर काम हुन पाए दुई वर्षमा नयाँ चरणको निर्माण कार्य सम्पन्न हुनसक्ने बताइएको छ ।

अधिकारीहरूका अनुसार काठमाडौंमा मात्रै मेलम्चीको पानी वितरणका लागि ३० देखि ३५ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);