आठ महिने अवधिमा काठमाडौंवासीले मेयर शाहको उपस्थिति महशुश गर्न सके त ? ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आठ महिने अवधिमा काठमाडौंवासीले मेयर शाहको उपस्थिति महशुश गर्न सके त ? ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी \ माउण्टेन टेलिभिजन एच्डी।

काठमाडौँ, पौष ३०। काठमाडौं महानगरपालिकावासीले बालेन्द्र शाह अर्थात् बालेनलाई मेयरका रुपमा पाएको आठ महिना बितेको छ। शाहले पाँच वर्षीय कार्यकालभित्र काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाउने बाचा गर्नुभएको थियो । मेयर बालेनलाई चुनौतीका चाङ नै छन् तर असम्भव भने छैन । फोहर व्यवस्थानको मुख्य चुनौती रहेको काठमार्डौमा सडकपेटी देखि अव्यवस्थित पार्किङको समस्या रहेको छ। मान्छे हिड्ने पेटिका फुटपाथ हटाउनेदेखि पार्किङको अनुमति लिएर अन्य संरचना बनाएका ठाउँमा महनगर डोजर लगेर पुग्ने गरेको छ। फुटपाथ र सडक किनारमा ठेलामा व्यवसाय गरिरहेका व्यवसायीलाई हटाउन थालेपछि महानगरको चौतर्फी आलोचना समेत भयो ।

त्यसो त सुन्दर महानगर बनाउने योजना अन्तर्गतका कार्यहरु सुरु नै नभएका भने पक्कै होइनन् । कहिले खानेपानीको पाइप त कहिले विद्युतिय तारलाई भुमीगत गर्ने कार्यले बारम्वार सडकको स्तरोन्नतीमा बाधा पु¥याईरहेका छन् । यता फोहर व्यवस्थापनका लागी गृहकार्यले पनि अझै सार्थकता पाउन सकेको छैन । यद्यपी महानगर भने फोहर व्यवस्थापनका लागी नया स्थानको खोजी भईरहेको दाबी गर्छ।

कुनै पनि योजनाको सुरुवात गर्ने तर विचमै छोड्ने स्थानिय तहको कार्यशैलीले स्थानिय जनप्रतिनिधिको महसुस आम नागरिकले गर्न सक्दैनन् । जे होस् सामाजिक सञ्जालमा मात्र नभई देश विदेशमा लोकप्रीय शाहको आगामी योजना र कदमले देखाउने छ, पाँच वर्षपछिको काठमाडौंको चित्र ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);