आठ महिने अवधिमा बालेन कति सफल ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आठ महिने अवधिमा बालेन कति सफल ?

माउण्टेन टेलिभिजन एजडि/ बिन्दु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिकावासीले बालेन्द्र शाह अर्थात् बालेनलाई मेयरका रुपमा पाएको आठ महिना बितेको छ । शाहले पाँच वर्षीय कार्यकालभित्र काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाउने बाचा गर्नुभएको थियो । मेयर बालेनलाई चुनौतीका चाङ नै छन् तर असम्भव भने छैन । फोहर व्यवस्थानको मुख्य चुनौती रहेको काठमार्डौमा सडकपेटी देखि अव्यवस्थित पार्किङको समस्या रहेको छ । मान्छे हिड्ने पेटिका फुटपाथ हटाउनेदेखि पार्किङको अनुमति लिएर अन्य संरचना बनाएका ठाउँमा महनगर डोजर लगेर पुग्ने गरेको छ । फुटपाथ र सडक किनारमा ठेलामा व्यवसाय गरिरहेका व्यवसायीलाई हटाउन थालेपछि महानगरको चौतर्फी आलोचना समेत भयो ।

त्यसो त सुन्दर महानगर बनाउने योजना अन्तर्गतका कार्यहरु सुरु नै नभएका भने पक्कै होइनन् । कहिले खानेपानीको पाइप त कहिले विद्युतिय तारलाई भुमीगत गर्ने कार्यले बारम्वार सडकको स्तरोन्नतीमा बाधा पु¥याईरहेका छन् । यता फोहर व्यवस्थापनका लागी गृहकार्यले पनि अझै सार्थकता पाउन सकेको छैन । यद्यपी महानगर भने फोहर व्यवस्थापनका लागी नयाँ स्थानको खोजी भईरहेको दाबी गर्छ ।

कुनै पनि योजनाको सुरुवात गर्ने तर विचमै छोड्ने स्थानिय तहको कार्यशैलीले स्थानिय जनप्रतिनिधिको महसुस आम नागरिकले गर्न सक्दैनन् । जे होस् सामाजिक सञ्जालमा मात्र नभई देश विदेशमा लोकप्रीय शाहको आगामी योजना र कदमले देखाउने छ, पाँच वर्षपछिको काठमाडौंको चित्र ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);