काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।
आज काठमाडौंको सोह्रखुट्टे पानीपोखरी र नयाँ बजार तथा ललितपुरको नख्खु भैसेपाटी क्षेत्रका सडकहरुको अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सडकमा समस्या देखिएपछि भाग्ने नभइ सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने उल्लेख गनुर््भयोृ । उहाँले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको बताउनु भयो ।
मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताउनु भयो । उहाँले यस किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
उपप्रधानमन्त्री श्रेष्ठले देशको संघीय राजधानीमा सडडको यस्तो दुरावस्था हुनु राम्रो नभएको बताउनु भयो । उहाँले सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि बताउनु भयो ।




